Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • मकालुका सबै मतदान केन्द्र संवेदनशील

मकालुका सबै मतदान केन्द्र संवेदनशील

  • रासस
  • सोमवार, कार्तिक २५, २०७६
मकालुका सबै मतदान केन्द्र संवेदनशील

खाँदबारी, २५ कात्तिक ।   मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ । खादबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ । एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताउनुभयो । उहाँका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो ।

सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उहाँले उल्लेख गर्नुभयो । संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन् । सङ्खुवासभा मकालु गाउँपालिकाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशील मानिएको प्रजिअ दुलाल बताउनुहुन्छ । मकालुमा गाउ“ अध्यक्ष र खादबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुदैछ ।

उपनिर्वाचन हुने मकालु गाउँपालिकामा नौ हजार एक तथा खा“दबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन् । मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिनुभयो । संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ । भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका