Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला

माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
माडीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला

चितवन, २२ कात्तिक । माडी नगरपालिकामा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र उक्त नगरपालिकाको सहआयोजनमा यहि कात्तिक २३ गते शनिवारदेखि माडीको पर्यटकीय तथा धार्मिक क्षेत्र सोमेश्वरगढीमा सो कार्यशाला हुन लागेको हो ।अठार दिनसम्म चल्ने सो कार्यशालामा जिल्लाका सातसहित ३० प्रस्तर मूर्तिकारको सहभागिता रहने नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । सरकारले १०० पर्यटकीय स्थललाई गन्तव्यको सूचीमा सूचिकृत गरेकामा सूचिकृत सो सो स्थलमा धार्मिक महत्व झल्काउने खालका मूर्ति निर्माण गर्न लागिएको उहाँको भनाइ थियोे ।

‘सुन्दरकलाको ऐतिहासिक सोमेश्वरगढी, कृषि र पर्या–पर्यटनको गन्तव्य नगरी’ भन्ने मूल नाराका साथ कार्यशाला आयोजना गर्न लागिएको हो । भ्रमण वर्ष सन् २०२० लाई लक्षित सो कार्यशालाले माडीमा पर्यटकको आकर्षण बढाउन उपयुक्त गन्तव्य बन्ने विश्वास लिइएको छ ।सोमेश्वरगढीको फेदीबाट तीन किलोमिटरमाथि चिसापानी भन्ने स्थानमा कार्यशाला गरिने र सोही स्थानमा मूर्तिकारले ढुङ्गामा मूर्ति बनाउने भएकाले त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको कार्यशालाका सहसंयोजक तथा नगरउपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।

कार्यशालाका लागि रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । नगरपालिकाले सोमेश्वरगढीमा पर्यटन प्रवद्र्धनका लागि गोलपार्क, शालिग्राम पार्क, सूचना केन्द्र, आवास, शुद्ध पिउने पानी, शौचालयलगायत भौतिक संरचना निर्माण गरिसकेको छ । सो क्षेत्रलाई खुला मूर्ति सङ्ग्रहालयका रुपमा परिचित गराउन पनि टेवा पुग्ने आयोजकले जनाएको छ । कुदिएका मूर्तिको संरक्षण नगरपालिकाले गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका