Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली पाओला पम्पालोनीकाे शिष्टाचार भेट

परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली पाओला पम्पालोनीकाे शिष्टाचार भेट

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली पाओला पम्पालोनीकाे शिष्टाचार भेट

काठमाडौँ, २२ कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका