Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

लहान, २२ कात्तिक । आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै गाँजा फँडानी अभियान शुरु गरेको सिरहा प्रहरीले हिजो साँझ जिल्लाको धनगढीमाई नगरपालिका– १२ मा स्थानीयवासीहरूले करीब दुई बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको टोलीले स्थानीयवासीले खेतबारीमा लगाएको दुई हजार १५० बोट गाँजाको बिरुवा फँडानी गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका