Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • दुई वर्षअघि सरकारी छाप दस्तखत कीर्ते गरेकोअभियोगमा फरार रहेकाे अभियुक्त पक्राउ

दुई वर्षअघि सरकारी छाप दस्तखत कीर्ते गरेकोअभियोगमा फरार रहेकाे अभियुक्त पक्राउ

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
दुई वर्षअघि सरकारी छाप दस्तखत कीर्ते गरेकोअभियोगमा फरार रहेकाे अभियुक्त पक्राउ

भद्रपुर, २२ कात्तिक ।  सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त आचार्यलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिएको छ ।

उच्च अदालतको इलाम इजलासले २०७४ साल माघ २२ गते निज आचार्यलाई कैद र जरिवानाको फैसला सुनाएको थियो । यसैगरी बहुविवाह मुद्दामा झापा जिल्ला अदालतबाट एक वर्ष कैद र रु पाँच हजार जरिवाना तोकिएको गौरादह नगरपालिका–१ की फरार अभियुक्त चन्द्रकला खेवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाले २०७२ वैशाख २७ गते खेवालाई कैद र जरिवाना गर्ने फैसला गरेको थियो । त्यसबेला फरार रहेकी खेवालाई खोजतलास गरी प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि खेवालाई झापा कारागार चलान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका