Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • नारायणगढमा आजदेखि भृकुटी नमूना स्काउट क्याम्पोरी शुरु

नारायणगढमा आजदेखि भृकुटी नमूना स्काउट क्याम्पोरी शुरु

  • रासस
  • शुक्रबार, कार्तिक २२, २०७६
नारायणगढमा आजदेखि भृकुटी नमूना स्काउट क्याम्पोरी शुरु

चितवन, २२ कात्तिक । भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कूलको आयोजनामा आज देखि तीन दिनसम्म भृकुटी नमूना स्काउट क्याम्पोरी २०७६ शुरु हुँदैछ । नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो । कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवनसहित १४ जिल्लाका ८०० विद्यार्थी र २०० जना रोवर, रेञ्जर र शिक्षक सहभागी हुने कार्यक्रम रहेको छ ।

क्याम्पोरीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । स्कूलका प्राचार्य रामजी पाण्डेका अनुसार क्याम्पोरीमा सहासी, मनोरञ्जनात्मक र बौद्धिक तालीमसहित विभिन्न गतिविधि गराइनेछ । युवालाई दुव्र्यसनबाट रोक्ने र रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यका साथ क्याम्पोरी गर्न लागिएको हो । ११ देखि १६ वर्षसम्मका विद्यार्थीलाई स्काउट भनिन्छ भने १६ देखि २५ वर्षसम्मका युवालाई रोवर र युवतीलाई रेन्जर भनिन्छ ।

स्कूलका सहायक प्राचार्य होमनाथ न्यौपानेका अनुसार आज फ्याग होस्टिङ गर्ने कार्यक्रम रहेको छ भने शनिबार साँझ ५ बजे ग्र्यान्ड क्यामफायरसहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । न्यौपानेले गएको शैक्षिक सत्रमा एसइई परीक्षामा निकै राम्रो नतिजा पाएकै वर्ष भव्य कार्यक्रम गर्ने अवसर विद्यालयले प्राप्त गरेकामा विद्यार्थीहरु उत्साहित भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका