Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • सिरुबारी जाने सेति दाेभानको मोटरेबल पुल अलपत्र, स्थानियको बिरोध

सिरुबारी जाने सेति दाेभानको मोटरेबल पुल अलपत्र, स्थानियको बिरोध

सिरुबारी जाने सेति दाेभानको मोटरेबल पुल अलपत्र, स्थानियको बिरोध
फाइल तस्बिर

स्याङ्जा, १९ कात्तिक । स्याङ्जाको आँधिखोला गाउँपालिकाको सेती दोभानमा निर्माणाधिन मोटरेवल पुल अलपत्र परेको छ । सेती दोबान हुदै सिरुबारी जाने बाटोमा पर्ने सो पुल ४/५ वर्ष देखि अलपत्र परेको स्थानियले बताएका छन् ।

यसैबीच सो पुल चाँढै निर्माण गर्न दवाव दिन माग गर्दै बिहिबार सडक डिभिजन कार्यलय पोखरामा धर्ना दिने कार्यक्रम रहेको पञ्चमुल पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष लालकुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार कार्यक्रममा स्याङ्जाका पुर्व सांसद, सांसद, गाउँपालिका प्रमुख लगायत स्थानियको सहिभागिता रहने उहाँले बताउनुभयो । कार्यक्रम बिहिबार बिहान १० बजेदेखी ११ बजेसम्म तय भएको अधिकारीले बताउनुभयो ।

२०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल २०७३ असोज २५ गते सक्नुपर्नेमा निर्माण थालनी भएको ६ महिनामा काम रोकिएको थियो । ३ करोड २७ लाख लागतमा सिंगल स्पाम, ४० मिटर लम्बाइ र ७ मिटर चौडाइको उक्त पुलको कान्छाराम आशेष जेबीले निर्माण जिम्मा लिएको थियो ।

पुल नहुँदा कृषिजन्य वस्तु ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् । पुल निर्माण भएसँगै जिल्लाका उत्तरी भेगका दराैं, पञ्चमुल, आरुचौर, चिलाउनेबास, बिचारीचौतारा, फापरथुम, सेतीदोभान साथै पर्वतका साविक केही गाविसका स्थानीय लाभान्वित हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका