Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • एमसीसीले पोखरामा दुई खेल खेल्ने

एमसीसीले पोखरामा दुई खेल खेल्ने

एमसीसीले पोखरामा दुई खेल खेल्ने

कास्की, १९ कात्तिक । बेलायतको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पोखरामा दुई वटा खेल खेल्ने भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा आगामी कात्तिक २५ गते कास्की–११ र २६ गते मुख्यमन्त्री–११ टोलीसँग एमसीसीले टि–२० क्रिकेट खेल्न लागेको हो । खेल खेल्न एमसीसीको टोली आइतबार पोखरा आउने बताइएको छ । उक्त खेलका लागि खेलाडी अहिले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई रिजन प्रजुले प्रशिक्षण दिइरहनुभएको छ ।

उक्त खेल कास्की र समग्र गण्डकी प्रदेशको क्रिकेटको विकासका लागि महत्वपूर्ण हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका