Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • भिरमौरीको सिकार गर्ने क्रममा लमजुङको दोर्दीका गोपालको मृत्यु

भिरमौरीको सिकार गर्ने क्रममा लमजुङको दोर्दीका गोपालको मृत्यु

भिरमौरीको सिकार गर्ने क्रममा लमजुङको दोर्दीका गोपालको मृत्यु

लमजुङ, १९ कात्तिक ९रासस०ः
दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो ।

गुरुङ भिरबाट लडेर घाइते भएका थिए । उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताउनुभयो । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका