Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने

चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने

  • रासस
  • साेमबार, कार्तिक १८, २०७६
चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने

फिक्कल, १८ कात्तिक । सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिनुभयो । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उहाँले बताउनुभयो । हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी रहेको उक्त चलचित्र नेपालबाहिर पनि देखाइने बताइएको छ । रू ८० लाखभन्दा बढी खर्च भएको चलचित्र अब चलचित्र घरमा समेत प्रदर्शन गरिने जनाइएको छ । लिम्बू विद्यार्थी मञ्चको संयोजनमा इलाममा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका