Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • भक्तपुर क्षेत्र नं १ नेकपाको उम्मेदवारमा ढकाल

भक्तपुर क्षेत्र नं १ नेकपाको उम्मेदवारमा ढकाल

  • रासस
  • साेमबार, कार्तिक १८, २०७६
भक्तपुर क्षेत्र नं १ नेकपाको उम्मेदवारमा ढकाल

भक्तपुर, १८ कात्तिक ।आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहनुभएका उहाँलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

उहाँ पूर्वमाओवादी नेता हुनुहुन्छ । प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी सोही पदका लागि नेपाली काङ्ग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका