Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • नेकपा को सचिवालय बैठक बस्दै

नेकपा को सचिवालय बैठक बस्दै

नेकपा को सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवासमा सोमबार बस्दै । तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय

काठ्माण्डौ, १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । स्रोतका अनुसार बैठकले नयाँ प्रदेश प्रमुखहरुको टुंगो लगाउने छ ।

यसअघि आईतबार साँझ बसेको बैठकमा छलफल गरिएको भएपनि अन्तिम टुंगो लागेको थिएन । आज बस्ने उक्त बैठकले सो विषयको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सात वटै प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेपछि प्रदेशहरु अहिले प्रमुख विहिन बनेका छन् । तत्काल प्रमुखहरु नियुक्त नगरिए मुलुकमा संवैधानिक संकट आउने विज्ञहरुको तर्क छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका