Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • नेपाली महिला भलिबल टिम आज स्वदेश फर्कदै

नेपाली महिला भलिबल टिम आज स्वदेश फर्कदै

नेपाली महिला भलिबल टिम आज स्वदेश फर्कदै

काठ्माण्डौ, १८ कात्तिक । प्रशिक्षणका लागि विदेश गएको नेपाली महिला भलिबल टिम आज स्वदेश फर्कने भएको छ । नेपाली टिम आज साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशको ढाकामा हुन लागेको एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबलको तयारीका लागि नेपाली टिम थाइल्याण्डको बैंकक गएको थियो । बैंकक बसाईका क्रममा नेपाली महिला टिमले सात वटा टिमसँग अभ्यास खेल खेलेको छ ।

ति मध्ये नेपाल ४ खेलमा विजयी र ३ खेलमा पराजित भयो । यसैबिच नेपाली टिम आगामी बिहीबार एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेश जाने छ । प्रतियोगिता शनिबारदेखि सुरु हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका