Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीद्धारा गाईपालन परियोजना सञ्चालन क्षेत्र अवलोकन

गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीद्धारा गाईपालन परियोजना सञ्चालन क्षेत्र अवलोकन

  • रासस
  • आइतबार, कार्तिक १७, २०७६
गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीद्धारा गाईपालन परियोजना सञ्चालन क्षेत्र अवलोकन

पोखरा, १७ कात्तिक । गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको हो ।

गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो । चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने गाईपालन परियोजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिनुभयो । समुदायलाई गाईपालनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने परियोजना सञ्चालन हुने तयारीसँगै स्थानीयवासी उत्साहित भएको उहाँले बताउनुभयो । परियोजना सञ्चालन गर्न लागिएको यो ठाउँ तनहँुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका