Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • संसदिय अभ्यासमा सांगठनिक संरचनाको गैरसरकारी संस्था घोषणाको तयारी

संसदिय अभ्यासमा सांगठनिक संरचनाको गैरसरकारी संस्था घोषणाको तयारी

संसदिय अभ्यासमा सांगठनिक संरचनाको गैरसरकारी संस्था घोषणाको तयारी

पाेखरा, १७ कार्तिक ।आफुलाई स्वतन्त्र बताउने किशोर किशोरीहरुको एक समुहले पोखरामा संसदिय अभ्यासमा आधारित एक गैरसरकारी संस्था स्थापनाको तयारी गरिरहेको बताएका छन् । पोखरामा पत्रकार सम्मेलन गरि उनिहरुले बताए अनुसार, संसदिय अभ्यासमा सांगठनिक संरचना निर्माणको तयारी गरिरहेको उक्त गैरसरकारी संस्थाको नाम नेतृत्व मञ्च पोखरा हुनेछ । उनिहरु भन्छन्, “संस्थाको औपचारीक घोषणा एक सभ्य र भव्य समारोहका बिच आगामी शनिबारका दिन गरिनेछ, र सो क्रममा विभिन्न विषयहरुमा केन्द्रित बहस तथा छलफलका कार्यक्रमहरु पनि संचालन गरिने छन् ।”

संस्थाको परिकल्पनाकार बताउने आरोग्य मोहन काफ्लेका अनुसार संसदिय अभ्यास मार्फत असल नेतृत्व निर्माण संस्थाको मुख्य ध्यय हुनेछ । उनि भन्छन्, “सांगठनिक स्वरुप फरक र जटिल भएपनि यसको प्रभाव विस्तारै बढ्ने र आगामी एक वर्षमा संस्था गण्डकी प्रदेशको राजधानी पोखरामा अग्रणी हुनेछ, संस्थाको स्कुलिङ् र अभ्यास मार्फत पोखरा महानगरको नेतृत्व गर्न सक्ने सवल र सक्षम पात्र तयार गरिने छ ।”

संस्थाको आगामी भविष्यका बारे आफुलाई सचिव बताउने दिपा अधिकारी भन्छिन्, “आम मानिसका लागि आवाश्यक नेपालको नेतृत्व तहमा भैरहेको राजनीति प्रणालीको अनुशिक्षणका रुपमा यो संस्था अगाडी बढ्ने छ । यस मार्फत असल नेतृत्वको निर्माण गरिने छ ।” संसदिय अभ्यासमा नेपालको संविधान अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरि मुख्य तिन अंगहरु बिचको समन्वय र शक्तिपृथ्कीकरणलाई सम्झनु पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका