Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • सल्लाको रुखमा बनेको नाकबेली घर हेर्नेको घुईचो

सल्लाको रुखमा बनेको नाकबेली घर हेर्नेको घुईचो

गुल्मी, १६ कार्तिक । गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अबलोकन कर्ताको दैनिक जसो बढ्दै गएका छन् । जिल्लाको सदरमुकाम तम्घास देखि ६ किलोमिटर को दुरिमा रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा ट्री–हाउस निर्माण गरिएको छ ट्री–हाउसले जिल्लामा र जिल्ला बाहिर निकै चर्चा कमाएको छ । दशैं तिहार मनाउनको निम्ति बिभिन्न ठाउँबाट आएकाहरुको रोजाईमा ट्री–हाउस बन्न पुगेको छ।

प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्री–हाउससँगै पर्यटकीय पार्क बनाइएको हो । सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्री–हाउस बनाएको छ । जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने स्थलमा सवारीका साधनबाटै पुग्न सकिन्छ । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ यता बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु निकै हर्सिद देखिएका छन भिडियो रिपोर्ट

सुजन न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका