Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर

भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर

भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर

नयाँ दिल्ली, १५ कात्तिक । भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन् ।

भारत भ्रमणमा रहनुभएका जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Indian Prime Minister Narendra Modi, right, welcomes German Chancellor Angela Merkel upon her arrival at the Indian presidential palace for her ceremonial reception in New Delhi, India, Friday, Nov.1, 2019. Merkel is on a three-day visit to India. (AP Photo/Manish Swarup)

भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई मुलुकका अधिकारीहरूबीच नौसेना, अनुसन्धान तथा विकासको क्षेत्रमा कृत्रिम वौद्धिकतालाई रोक्न हरीत शहरको गतिशिलताका लागि इन्डो–जर्मन साझेदारी र रणनीतिक आयोजनालाई मजबुत पार्न सहकार्य गर्ने बिषयमा सहमति भएको भेटपछि दुई देशद्वारा जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेख छ ।

India’s Prime Minister Narendra Modi (R) listens to German Chancellor Angela Merkel during a welcoming ceremony at Rashtrapati Bhavan – The Presidential Palace in New Delhi on November 1, 2019. (Photo by Prakash SINGH / AFP)

घोषणापत्रमा नागरिक उड्डयन, अन्तर्राष्ट्रिय स्मार्ट शहरी सञ्जाल, सीप विकास र व्यावसायिक शिक्षा तथा तालीमको अनुभव आदानप्रदान गर्ने उल्लेख छ । बिमाकृत श्रमिक तथा अपाङ्ग व्यक्तिहरू व्यावसायिक रोगहरू, पुनरूद्दार तथा पेशागत तालीमका क्षेत्रलगायत बिषयमा पनि अनुभव आदानप्रदान गर्ने सहमति दुई देशले गरेका छन् । (रासस/एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका