Samacharpati
मंगलबार, मंसिर ३, २०७६
  • होमपेज
  • अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

वासिङ्ट्न, १५ कात्तिक । अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ ।

पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन् । (रासस/एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका