Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • कात्तिक २२ गतेदेखि जनकपुरमा ‘नेपाल साहित्य महोत्सव’ हुने

कात्तिक २२ गतेदेखि जनकपुरमा ‘नेपाल साहित्य महोत्सव’ हुने

  • रासस
  • शुक्रबार, कार्तिक १५, २०७६
कात्तिक २२ गतेदेखि जनकपुरमा ‘नेपाल साहित्य महोत्सव’ हुने

जनकपुरधाम, १५ कात्तिक । नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धन कार्यक्रम अन्तर्गत कात्तिक २२ देखि २४ गतेसम्म जनकपुरमा ‘नेपाल साहित्य महोत्सव’ हुने भएको छ । नेपाल भ्रमण वर्ष प्रदेश नं २ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

जनकपुरधामको पर्यटन प्रवद्र्धन तथा जनकपुरधामको प्रचारप्रसार गर्न महोत्सवबाट सहयोग पुग्नेछ । महोत्सवमा एघार सत्रका लागि जनकपुरधामका ६ स्थलको प्रयोग गरिने संयोजक मनिष झाले जानकारी दिनुभयो । जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डप, रेल्वे स्टेशन, गोपाल धर्मशाला, गङ्गासागरको डिललगायत स्थानमा संवाद, मन्थन, प्रवचन तथा कविता वाचन गरिनेछ ।

उक्त महोत्सवमा जानकीबारे प्रवचन, चुरेको चिन्ता, अर्थतन्त्र र राजनीति, स्वाभिमान र अभिमान, विकासको खाका, सीमा संवाद, साहित्य सम्झनामा, मधेशको भोजन, कविता वाचन लगायत सत्र सञ्चालन हुने छन् । उक्त महोत्सवका अवसरमा तीन पुस्तकको लोकार्पण गरिनेछ ।

महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, पत्रकार र राजनीतिकर्मीको सहभागिता रहने संयोजक झाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका