Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • गुल्मीमा जीप दुर्घटना दुई जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना दुई जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना दुई जनाको मृत्यु

गुल्मी, १४  कार्तिक। गुल्मीको मुसिकोट नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटना हो बुधबार साँझको । गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काका अनुसार मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जीपमा चालकसहित ६ जना सवार थिए । गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका ६९ वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेका छन् भने घाइते हुनेहरुमा सोही स्थानका ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक, वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल रहेका छन् । घाइतेहरु सबैलाई पाल्पा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका