Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • ‘फेदीखोला चिनारी’ गीतकाे लोकार्पण तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

‘फेदीखोला चिनारी’ गीतकाे लोकार्पण तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

‘फेदीखोला चिनारी’ गीतकाे लोकार्पण तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न

फेदिखोला, १० कातिक । सर्जक लाल कार्की अन्जानको शब्द संकलनमा ‘कुभिन्डेमा कुरि बस मटिखान जाउला, रमाइलो साल्मे डाडाँ’ गितको  शनिवार एक कार्यक्रमका बिच लोकार्पण गरिएकाे छ । फेदिखोला गाउँपालिका १ खहरे निवासी हाल पाेखरा बस्दै आएका  बि. स. २०३१ मा पिता स्व. जयबहादुर कार्की र माता देउरुपा कार्कीको कान्छा सुपुत्रका रुपमा जन्मिएका लाल कार्की अन्जानको शब्द रचना रहेकाे  छ र ख्याति प्राप्त गायक पुरुशोत्तम न्यौपाने र जुना श्रीस मगरकाे गितमा स्वर रहेकाे छ।

‘फेदीखोला चिनारी’ लोकार्पण कार्यक्रमा प्रमुख अतिथिको रुपमा फेदिखोला गा. पा. का अध्यक्ष घनश्याम सुबेदी, बिशिस्ट अतिथी गा. पा. उपाध्यक्ष देबि थापा लागाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा Digital Star का  propiter तथा एरेन्जर तारानाथ आचार्य, सङ्गितकार टेकनारायण चापागाईं, गितकार कमल अर्याल र गायिका काजल गुरुङको उपस्थिति तथा प्रस्तुती रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा आएका गायक पुरुशोत्तम न्यौपानेले आफ्नो प्रस्तुति पेश गर्नुका साथै फेदिखोलाबासिहरुप्रती उच्च सम्मान समेत व्यक्त गरेका थिए।

कार्यक्रममा बक्ताको रुपमा जितजङ कार्की, जसबहादुर गुरुङ, महेन्द्र थापा, यमबहादुर रानाभाट, खिमबहादुर छेत्रीले आफ्ना भनाइहरू समेत राखेका थिए। फेदिखोला साहित्य प्रतिस्ठानको आयोजना र सिद्धार्थ सामुदायिक क्याम्पसको सह आयोजनामा संचालित कार्यक्रमको संयोजन क्याम्पस प्रमुख हुमनाथ शर्माले गरेका थिए भने सभापतित्व क्याम्पस संचालक समिती अध्यक्ष प्रेमप्रकाश गौतमले गरेका   थिए । कार्यक्रममा प्रतिस्ठानका कोसाध्यक्ष निरमाया कार्किले स्वागत तथा सल्लाहकार हिमालय जङ बानियाले उपस्थित अतिथिहरुलाइ धन्यबाद ज्ञापन गरेका थियो ।

विविध सास्कृतिक कार्यक्रमकासाथ सम्पन्न उक्त लोकार्पण समारोहमा अमोर सेवा नेपालकी एक  बहिनी अ्मृता गुरुङले आफ्नो नृत्य  प्रस्तुती देखाएकी थिइन् । सिद्धार्थ सामुदायिक क्याम्पसको सभाहलमा सम्पन्न उक्त कार्यक्रमका सह सञ्चालक मनोज कार्की रहेका थिए भने संचालकमा सिद्धार्थ सामुदायिक क्याम्पसका उपप्राध्यापक शोभाकान्त शर्मा रहेका थिए । सर्जक लाल कार्की अन्जानले गितको समग्र विषयमा आफ्रनाे भनाई व्यक्त गरेका थिए   उक्त लोकार्पण कार्यक्रमको लागी विभिन्न संघ संस्था र ब्यक्तिहरुले सहयोग समेत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका