Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • ‘नेपाल केबुलकार प्राधिकरण’ गठन गरौ : मिन बहादुर पडित

‘नेपाल केबुलकार प्राधिकरण’ गठन गरौ : मिन बहादुर पडित

‘नेपाल केबुलकार प्राधिकरण’ गठन गरौ : मिन बहादुर पडित

मीन बहादुर पण्डित : नेपाल विद्युत प्राधिकरण भने झै ‘नेपाल केबुल कार प्राधिकरण’ गठन गरौ । र देशका प्रमुख पर्यटकिय ठाउँहरूमा जनता संग सेयर उठाएर र सरकारले लगानी गरेर केबुलकार बनाउने अभियान थालौ । जस्तो की अनुमानित ३४ करोड़ डलर लाग्ने पोखरा टु मुक्तिनाथ ८३/६५ किमी केबलकार सरकारले नै बनाउनु पर्दछ । र आधा सेयर देश विदेशमा रहेका नेपाली जनतालाई हाल्ने अवसर दिनु पर्दछ । एक जनाले १ हज़ार डलर (एक लाख ) हाल्दा पनी ३४ करोड़ त सजिलै उठछ । जनतालाई एक लाख निकाल्न धेरै गाह्रो पनी हुदैन । यसो गर्दा मुनाफा सरकार र जनताको ख़ल्तीमा जानेछ । कमीशन लिएर निजी क्षेत्रलाई योजना दिनु गलत हो । बरु ‘नेपाल केबुलकार प्राधिकरण’ गठन गरेर काम अगाडी बढाउ । विदेशमा रहेका नेपालीहरूलाई कमाएको दुई चार लाख कता लगानी गरे मुनाफा आउला र जिबिका चल्ला र चाडै घर फ़र्कंन पाईएला भन्ने चिन्ता छ ।

जनता लगानी गर्न सेयर नपाउने, अनी उच्च पदस्थ कर्मचारी चाही कमिसन खाएर योजनाहरू बिदेशी र व्यापारीलाई दीने , अनी आफु नजिकका ब्यापरिलाई दीने , अनी कसरी हुन्छन् देश र जनता धनी , व्यापारी धनी बनाउने की देश र जनता  त्यस कारण सरकार र जनताले लगानी गर्न नसक्ने योजनाहरू मात्र व्यापारीलाई दिनु पर्दछ । किन भने जनता भन्दा ठुला व्यापारी होईनन । साथै काठमाडौँ उपत्यकाको वरिपरी टाडा टाडा सम्म मनोरम दृश्य देखिने अग्ला पहाडहरू छन, अब रिंगरोड भने जस्तै तिनै अग्ला पहाडको टूप्पोमा कतै काठमाडौँ त कतै बाहिरी जिल्ला तर्फ पारेर २०० किमी जतीको केबुलकार काठमाडौँलाई एक फन्को घुमाउने गरी सरकार र जनताको लगानीमा बनाऊँ हिमाल देखिने हुनाले संसार भर बाट पर्यटक त कती आउछन कती ब्यवस्थापन सही होस, कुल मान घिसिंग जस्तै सक्षम र इमान्दारलाई खोजेर प्राधिकरणको निर्देशक बनाऊ । योजना कार्यान्वयन गर्न स्पष्ट नीति र विधान बनाऊ । सरकारले त केबल नैतिक सहयोग गरे मात्र पनी पुग्छ । यसो गर्न सके आन्तरिक र बाहिरी पर्यटक हवात्तै बढ्ने छ । देश र जनता धनी बनाउने सजिलो र दिगो माध्यम पर्यटन नै हो । र पर्यटनको विकासको मेरुदण्ड सहज र सुरक्षित यातायात नै हो । जल, सड़क, रेल र हवाई यातायात भन्दा सत प्रतिशत सुरक्षित यातायात केबलकार नै हो । अर्कों कुरा नेपाली बिधुतले नै केबलकार चलाऊन सकिने हुनाले यसक़ो फाइदा धेरै नै ठूलो छ । त्यसैले यस तर्फ सम्बन्धित निकायको ध्यान जावोस भन्न चाहंछु । सुन्ला त सरकारले मेरो कुरा !

मीन बहादुर पण्डित, हाल दुबई युएई

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका