Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • यस्तो छ पोखरामा तिहारको चहलपहल (फोटो फिचर)

यस्तो छ पोखरामा तिहारको चहलपहल (फोटो फिचर)

यस्तो छ पोखरामा तिहारको चहलपहल (फोटो फिचर)

पोखरा, ८ कार्तिक । नेपालीहरुको महान चाड तिहार अर्थात दिपावली सुरु भएसंगै पोखराको बजारमा चहलपहल सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक पर्ने सरसामान किन्नको लागि सर्वसाधरणको घुईचो लागेको छ भने व्यापारीहरुलाई सामान बेच्न भ्याईनभ्याई भएको छ ।

झिलिमिली पर्वको रुपमा लिईने तिहारको अवसरमा विशेष गरि भाइपोका, रंग, रग्यौली, माला, तामा र चाँदीका भाँडा, ढाका टोपी लगायत कपडाका पसलमा बढी पोखरेलीको भिड देखिएको छ ।

तिहारमा विशेष गरि दिदी भाईले टिका लगाएपछि उपहार लिनेदिने परम्परा रहेको छ । तिहारमा भाईपोकाको पनि निकै महत्प पाइएको । तिहारको मौकामा पोखराका विभिन्न डिपार्टमेण्टल स्टोर देखि सामान्य सडकको पेटीमा यतिबेला भाईपोका, ओखर, रंग, झिलिमिली बत्ती लगायतका तिहार बिशेष सामाग्री देख्न पाईन्छ ।

3 प्रतिक्रिया on “यस्तो छ पोखरामा तिहारको चहलपहल (फोटो फिचर)

  1. तिहारमा पोखराको कुन कुन ठाउमा घुम्न सकिन्छ भनेर पनि समाचार बनाउन पर्यो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका