Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • स्वतन्त्र निर्वाचन पर्यवेक्षण समितिमा रामबहादुर पौडेल

स्वतन्त्र निर्वाचन पर्यवेक्षण समितिमा रामबहादुर पौडेल

स्वतन्त्र निर्वाचन पर्यवेक्षण समितिमा रामबहादुर पौडेल

पोखरा, ८ कात्तिक । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि नागरिक अभियन्ताहरुको भेलाले स्वतन्त्र निर्वाचन पर्यवेक्षण समिति गठन गरेको छ । पोखरामा शुक्रबार सम्पन्न सो भेलाले नागरिक समाज पोखरा तथा स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालका संस्थापक रामबहादुर पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिका सदस्यमा शशी तुलाचन, विष्णुहरि अधिकारी, इन्द्रकमल मानन्धर, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोला, अधिवक्ता रमेशप्रसाद शर्मा, कमलप्रसाद न्यौपाने र हरिश्चन्द्र अधिकारी रहेका छन् । भेलाले वरिष्ठ अधिवक्ता तिलक पराजुली र अग्रज पत्रकार कृष्णप्रसाद बास्तोलालाई सल्लाहकार मनोनीत गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका