Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा अज्ञात समूहद्धारा आगजनी

एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा अज्ञात समूहद्धारा आगजनी

एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा अज्ञात समूहद्धारा आगजनी

काठमाडौँ, ८  कात्तिक। एनसेलको टावर मर्मत गर्न गएका प्राविधिकको गाडीमा आगो लगाएर ध्वस्त पारिएको छ ।  म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङडोलेमा एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा आगजनी गरिएपछि प्रहरी पुग्दा गाडी जलेर काम नलाग्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ । घटना हिजाे बिहिबार भएकाे हाे ।

बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा अज्ञात समूहले करिब २ बजेतिर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिएका थिए । गाडीमा आगजनि गर्ने अज्ञात समुहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडीमा आजगनी भएपछि प्राविधिकहरु अलपत्र परेका छन् । फर्किने साधन नभएपछि उनीहरुले स्थानीयको घरमा नै बासा बसेको बताइएको थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका