Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • एक छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्डको सजाय

एक छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्डको सजाय

बंगलादेशलाई नै स्तब्ध बनाएको नुसरतको मृत्युको खबर

एक छात्रालाई जिउँदै जलाएको अभियोगमा  १६ जनालाई मृत्युदन्डको सजाय

कात्तिक ७ । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ ।

१९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन र्दुव्यवहार गरेको आरोप लगाएकी थिइन् ।

गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो । उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत गरिएको थियो ।

नुसरतले यौन र्दुव्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।

मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् ।

बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चाररपाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो ।

शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो ।

बंगलादेशलाई नै स्तब्ध बनाएको नुसरतको मृत्युपछि उनलाई न्यायको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।
– एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका