Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • फोहोरको भाँडोमा भेटिएको एक वस्तु जसले बनायो एक जोडीलाई ‘करोडपति’

फोहोरको भाँडोमा भेटिएको एक वस्तु जसले बनायो एक जोडीलाई ‘करोडपति’

फोहोरको भाँडोमा भेटिएको एक वस्तु जसले बनायो एक जोडीलाई ‘करोडपति’

अमेरिकाको लुइजियानामा एक जोडीले फोहरको डंगुरमा लटरी टिकट भेटेपछि करोडौं रुपैयाँ जितेको छ ।

लटरीमा उनीहरूले २१ करोड रुपैयाँ जिते । तर करकट्टी गरेर उनीहरूले १५ करोड रुपैयाँ मात्र पाउनेछन् ।

ह्यारोल्ड र टिना नाम गरेको यो जोडीले घर सफा गर्दा टिकट भेटेका थिए । लाइभमिन्ट नामक वेबसाइटको एक रिपोर्टअनुसार, यो टिकट ६ जुनको लटरीको थियो र त्यसको परिणाम घोषणा भएको पनि निकै समय बितिसकेको थियो ।

उनीहरूले त्यतिखेर टिकट हराएका थिए तर पुरस्कारमा दाबी गर्न पाउने अन्तिम मितिभन्दा ठीक अघि टिकट फेला पारे । जोडीका अनुसार, उनीहरू बाहिर गएका थिए र फर्केर आएपछि घर सफा गरे । सफाइको क्रममा उनीहरूले टिकट फोहरको डंगुरमा भेटे ।

उनीहरूले लटरीको वेबसाइटमा गएर चेक गर्दा सबै नम्बर मिल्यो र उनीहरूसँग पुरस्कार दाबी गर्ने समय बाँकी नै थियो ।

नियमअनुसार, कुनै पनि लटरीको परिणाम घोषणा भएको १८० दिनमा पुरस्कारमा दाबी गर्न पाइन्छ । पन्ध्र दिन मात्र ढिलो भएको भए उनीहरूले करोडौं रुपैयाँ गुमाउनुपर्ने हुन्थ्यो ।

– एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका