Samacharpati
साेमबार, माघ ६, २०७६
  • होमपेज
  • ‘मैले जुन गल्ति गरे अरुले नगरदिनुहोला’ : दुर्गेश थापा

‘मैले जुन गल्ति गरे अरुले नगरदिनुहोला’ : दुर्गेश थापा

काठमान्डौँ, ६ कात्तिक । ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादित गीत गाएपछि पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन्। काठमाडौंबाट पक्राउ परेका थापा आज नै गीत हटाउने सर्तमा रिहा भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन्।

प्रतिबन्धित लागुपदार्थ खाँदै तिहार मनाउँ भन्ने आाशयको विवादित गीत युट्यूवबाट हटाइएको प्रहरीले जनाएको छ। निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको र गीत हटाएपछि थापालाई छाडिएको उनले बताएका छन्। लागुपदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे गीतकाे आ*लोचना पनि भइरहेको छ।

केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ को प्रमोशन गीत नै बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका