Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • पशुपति आर्यघाटमा बढ्यो शवदाह शुल्क

पशुपति आर्यघाटमा बढ्यो शवदाह शुल्क

पशुपति आर्यघाटमा बढ्यो  शवदाह शुल्क
image source:dainiki.com

काठमाडौं, ६ कात्तिक । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति  गरेकै दिनदेखि कोषले शव अन्त्येष्टिको शुल्क पनि बढाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट बढाइएको बताएका छन् ।

ढकालका अनुसार शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ ।यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क लाग्थ्यो । चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ । शवलाई गाड्नका लागि खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्‍याइएको छ । दशनामीहरुले शव नजलाएर गाड्ने गर्दछन् ।

पशुपति आर्यघाटमा दैनिक झण्डै एक सय वटा शव जल्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताए । उनले भने, ‘हामीसँग विद्युतीय शवदाह गृह पनि छ । त्यसबाट पनि काम हुन्छ ।’ हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

घाट सेवाकेन्द्रमा शव जलाउने कार्यमा ४९ कर्मचारी छन् । उनीहरुले एक जलाएबापत १ हजार ६० रुपैयाँ पाउँछन् । यो शुल्क कम भएकाले त्यसलाई बढाएर १ हजार ५ सयदेखि २ हजारसम्म बनाउनुपर्ने उनीहरुको माग छ । अहिले पशुपति क्षेत्र विकास कोषले ६० वर्ष पुगेका कर्मचारीलाई १ लाख ५० हजार उपदानसहित बिदा दिने निर्णय पनि गरेको छ । तर आन्दोलनरत कर्मचारीहरू यसको विरोधमा छन् । काम गर्न सक्ने कर्मचारीलाई काम गर्न दिइरहने र उपदान १० लाख बनाउनु पर्ने माग उनीहरुकाे रहेको छ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका