Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • आफु पढ्ने स्कुलको बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

आफु पढ्ने स्कुलको बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

आफु पढ्ने स्कुलको बसले किच्दा आठ वर्षीय बालकको मृत्यु

काठमाडौँ, ५  कार्तिक। ललितपुरमा आफ्नै स्कुलको बसले किच्दा आठ वर्षीय बालकको ज्यान गएको छ । ज्यान जानेमा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरे रहेका छन् ।

घिमिरेको घटनास्थलमै ज्यान गएको बताइएको छ । सोमबार बिहान करिब ९ बजे होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले ठक्कर दिएको थियो । घटनापछि आक्रोशित स्थानीयले केहिबेर सडक अवरुद्ध गराएको भएपनि हाल स्थिति सामान्य बन्दै गएको बताइएको छ । बालकलाई ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका