Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या, उपचारका लागि पठाइयो नर्भिक अस्पताल

कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या, उपचारका लागि पठाइयो नर्भिक अस्पताल

कृष्णबहादुर महरालाई स्वास्थ्य समस्या, उपचारका लागि पठाइयो नर्भिक अस्पताल

काठमाडौं, २३ असोज ।  सोमबारदेखि हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हिरासतमा रहदानै महरा  बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट नर्भिक अस्पताल  लगिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका