Samacharpati
साेमबार, माघ १३, २०७६

गद्य कविता “दशैं के हो” ?

गद्य कविता “दशैं के हो” ?
महेन्द्र कुमार खड्का

मलाई छोराले सोध्यो बाबा दशैं के हो ?
मैले भने नेपालीको महत्त्वपूर्ण चाड हो दशैं ।
छोरीले भनी त्यति मात्रै होइन दशैं….

मैले प्रश्न गरेँ छोरीलाई दशैं के हो ?
दशैं के हो निर्मलाका परिवारलाई सोध
गंगामाया अधिकारीलाई सोध
टीकापुरमा गोली लागेर मर्ने दुई बर्षे वालकका परिवारलाई सोध दशैं के हो ?

अपहरण गरि मार्ने वालकका परिवारलाई सोध
सहकर्मीबाट बलत्कृत प्रहरी सुन्तलीलाई सोध
बर्षायामभरि चुहिने त्रिपालमा सुत्नेलाई सोध
दशैं के हो ?

दस बर्षे जनयुद्धका अन्ध अपांगलाई सोध
जनयुद्धका बेला बेपत्ता पारिएकाका परिवारलाई सोध
विदेशमा अलपत्र परेकालाई सोध
दशैं के हो ?

सिमा क्षेत्रमा छिमेकीको अत्याचार सहन पर्नेलाई सोध
भु कम्प पीडितका परिवारलाई सोध
बाढी पहिरो पीडितलाई सोध
दशैं के हो ?

परिवारका निम्ति चर्को घाममा पसिना बेच्नेलाई सोध
बाबाले विदेशबाट पठाएको पैसा लिएर आमा अर्कैसङ्ग भाग्नेका छोराछोरीलाई सोध
दशैं के हो ?

छोरीका कुराले म स्तब्ध भएँ निशब्द भएँ
परेलीका डिलबाट तप्प तप्प आँसु खसे
अनि
आफैले आफैलाई प्रश्न गरेँ
दशैं के हो ?

महेन्द्र कुमार खड्का, फेदीखोला -२ स्याङ्गजा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका