Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • पोखराका होटलमा ४० प्रतिशत अकुपेन्सी

पोखराका होटलमा ४० प्रतिशत अकुपेन्सी

पोखराका होटलमा  ४० प्रतिशत अकुपेन्सी

पोखरा, १७ असोज । पोखरामा हाल होटलहरुको अकुपेन्सि ४० प्रतिशत रहेको छ । नेपालीहरुको महानपर्व विजया दशमी पर्वको अवसरमा हालसम्म पोखरा क्षेत्रका पर्यटकीय स्तरिय होटलहरुको ४० प्रतिशत अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

भोलि (शनिबार) अर्थात फुलपाती पर्वको दिन देखि दशैं टिकाको अघिल्लो दिन नवमीसम्म होटलमा केही अग्रिम बुकिङ भएको त केही पर्यटकहरु पोखरामा घुमघाममा आउने भएकोले दशैंको अवसरमा २/३ दिन ८० प्रतिशत होटलको अकुपेन्सि हुने आफुहरुले अपेक्षा गरेको उनले जनाए । दशैं पर्वसंगै पर्यटन आगमनको मौसम अक्टुर सुरु भएसंगै आफुहरु धेरै आशा वादी भएको अध्यक्ष तुलाचनले बताए । उनले भने “आन्तरिक पर्यटकले कम्तिमा २ देखि ३ दिन हामीलाई धेरै रहात हुन्छ, विदेशी पाहुनाहरु विस्तारै आउन थालेकाछन्।”

विभिन्न होटलहरुमा वडा दशैंको अवसरमा ५ देखि २० प्रतिशतसम्म होटलको रुममा छुट दिन लागेको उनले जनाए । उनले भने “पोखरा देखि काठमाण्डौं जोड्ने सडक पृथ्बीराजमार्ग राम्रो नभएकोले गर्दा आन्तरिक पर्यटक बृद्धिमा धेरै गिरावट आएको छ ।”गण्डकी प्रदेश सरकारले हाल आन्तरिक भ्रमर्ण बर्ष भनाइ रहेको अबस्थामा प्रदेशले जारी गरेको ग्लोरियस गण्डकी कार्ड ल्याएको खण्डमा आफुहरुले १५ प्रतिशत होटलमा छुटको ब्याबस्था गरेको अध्यक्ष तुलाचनले जनाए । उनले भने “पोखरामा धेरै होटल तथा रेष्टुरेण्टहरु थपिएसंगै आगन्तुक पाहुना सिमित जस्तो छ, पोखरामा धेरै पर्यटक आउन पोखरामा अन्तराष्ट्रिय हवाई उडान हुनै पर्छ ।”

पोखरा लेकसाईडका पव डान्सिङ वोटका संचालक विश्वराज पौडेलले पछिल्लो बर्षमा दशैंमा धेरै व्यक्तिहरु घुमघामा समेत निस्कने प्रचलनले पोखरा, चितवन र लुम्बिनीमा पर्यटन व्यवसायीहरुले दशैं पर्वमा पाहुना स्वागतमै व्यस्त हुनुपर्ने बताए । केही व्यत्तिहरु दशैंको लामो छुट्टीको बिदालाई विदेश सम्म घुम्नको लागि यात्रा तय गर्ने गरेको उनले जनाए । आगन्तुक पाहुनालाई भेडा च्याङग्राको समेत परिकार आफुहरुले उपलब्ध गराउने भएको उनले जनाए ।

गाउँ घरमा हुने रोटेपिङ, लिङगेपिङ जस्ता कुराले वालवालिकामा दशैंको थप रौनक हुने गरेको भए पनि पछिल्ला बर्षमा यस्ता कुरा देख्न मुस्किल पर्न थालेको पर्यटन व्यवसायी पौडेलले बताए । उनले हिन्दुहरुको महान पर्व दशैं मौलिकताको आधारमा बनाउने प्रचलन रहि आए पनि पछिल्लो समयमा यसको मौलिकता हराउदै गएकोमा चिन्क्ता व्यक्त गरेकाछन्। ८/१० बर्ष अघि मनाईने दशैंको जस्तो उत्साह र उमङग हालका बर्षमा विस्तारै हराउदै गएको आफुहरुलाई भान भएको पौडेलले जनाए ।

नेपाली संस्कृतिका चार्ड पर्व आगन्तुक पाहुनालाई समेत सहभागि गराउन सके सांस्कृतिक पर्यटन समेत प्रबद्र्धन हुने पौडेलले जनाए । News Source : Googlepokhara.com

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका