Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • वातावरण संरक्षणमा ध्यान दिउँ

वातावरण संरक्षणमा ध्यान दिउँ

वातावरण संरक्षणमा ध्यान दिउँ

तुलसी दाहाल बिखर्ची , पोखरा ६ बैदाम
वातावरण संरक्षणमा ध्यान हामीले दिउँ
स्वच्छ बनी फाइदा जति तपाई हामीले लिउँ
रुख विरुवा रोपौँ हामीले सडक पेटी गाउँमा
चर्चा अनी चल्ने गर्छ तपाई हाम्रो नाउँमा
टायर र प्लाष्टिक पोल्नु हुन्न कहिल्यै
प्रशोधन हुन्छ त्यसको बेच्न लैजाउँ अहिल्यै
ध्वनी चर्को धुवाँ घरको पार्नु हुन्न कहिल्यै
स्वास्थ्यमाथी खेलवाड गर्नुहुन्न कहिल्यै
सुर्ती चुरोट जाँड रक्सी खानु हुन्न कहिल्यै
जानी जानी होस गुमाएमा ज्यान जान्छ अहिल्यै
सबैभनदा ठुलो धन स्वास्थ्य शिक्षा रैछ
सोच विचार नपुर्याउदा ज्यान त्यसै गैछ
हजुरबाले रोप्या थिए बर पिपल हेरौँ
तपाई हामीले यिनीलाई संरक्षण गरौँ
वातावरण हरियाली पार्नुपर्छ हामीले
ठाउँठाउँमा वृक्षारोपण गर्नुपर्छ हामीले
कागज र भाषणले रुख रोपीदैन
रुख विरुवा छैन भने पैह्रो रोकिदैन
घर आँगन बगैचामा दुवो पाती रोपौँ
सञ्जिवनी जडिबुटी खोजी खोजी रोपौँ
हामीले खाने दवाई पानी हाम्रै पाखाबारी
नचिनेर घमण्डले जान्छन् बोडर पारी
अझ कोहि त नचिनेर सात समुन्द्र पारी
अल्छि हाम्रा हात पाखुरा बाँझै हाम्रो बारी
त्यो बारीमा जडिबुटी कति फल्थ्यो हेर
सदुपयोग नभएर गैरहेछ खेर
बाँझो खेत कमाउनलाई जाँउ दाजुभाई
शक्ति हामीलाई प्रदान गर तालबाराही माई ।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका