Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • शिवशक्ति क्याम्पसमा अन्तराष्ट्रिय शिक्षक तालिम तथा कार्यशाला गोष्ठी आइतबार देखि सुभारम्भ

शिवशक्ति क्याम्पसमा अन्तराष्ट्रिय शिक्षक तालिम तथा कार्यशाला गोष्ठी आइतबार देखि सुभारम्भ

शिवशक्ति क्याम्पसमा अन्तराष्ट्रिय शिक्षक तालिम तथा कार्यशाला गोष्ठी आइतबार देखि सुभारम्भ

पोखरा, ४ कार्तिक । शिवशक्ति क्याम्पसमा “शिक्षामा सहकार्य  अर्को नँया आयम ” भन्ने मुल नाराको साथ शुरु भएको ५ दिवशिय शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.तीर्थराज पराजुली ले उद्घाटन गरेका थिए । आगामी अप्रिलबाट शुरु गरिने २.५ वर्षे अन्तराष्ट्रिय शिक्षक तालिम कोर्षको लागि नेपाली परिप्रेक्ष्य र विश्व परिवेश समेतलाई सम्बोधन गर्ने गरि ४ वर्र्षे वि.एड मा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक शिक्षण गन ,एक्कासौ शताब्दीका विश्व नागरिक जस्ता विषयलाई समेत संमिश्रण गरिएको नँया पाठ्यक्रम बनाउनु कार्यशाला गोष्ठीको मूलभूत उदेश्य रहेको क्याम्पस व्यवस्थापन समिति अध्यक्षले दामोदर बास्तोलाले बताएका छन्। कार्यक्रमको शुभकामना मन्तव्य एंव कार्यक्रम माथि प्रकाश पादै आयोजक संस्थाका सचिव प्रेम ब. कुँवरले यो पटकको तालिम शिवशक्ति क्याम्पसका शिक्षक, प्राध्यापक तथा वि.एड कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई तालिमको उपयोगिताको बारेमा प्रशिक्षण गर्नुको साथै पाठ्यक्रम विज्ञहरुसँग छलफल गरि नँया पाठ्यक्रमको रोडम्याप बनाई वि.एड तहको प्रयोगात्मक शिक्षणलाई अझै व्यवहारिक बनाई र कक्षाकोठामा प्रस्तुत गर्न सक्ने एकासौ शताब्दीका योग्य शिक्षक बन्न शिक्षकहरुलाई मोटीभेट गर्ने कुरा बताएका थिए ।

शिवशक्ति क्याम्पसका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, केपिजे विश्व विद्यालय तथा थिओला फाउन्डेशनका प्राध्यापकहरु र एन्र्फोर्ड फाउन्डेशनका पदाधिकारीहरु हरेक दिनको तालिममा रहने छन् भने कार्तिक ४,५ र ६ गते का तालिमहरुमा गत वैशाखमा सम्पन्न टिचर्स इन पोखरा (टिआइपी) मा सहभागी तथा पोखराका ५ वटा स्टार स्कूलका यस अघि तालिम कोर्ष लिएका शिक्षकहरुको लागि र्पुनर्ताजकिकरण तालिम तथा पाठ्यक्रम संम्वन्धि पृष्ठपोषण र सुभाव संकलन गरिने छ । तालिमको अन्तिम २ दिन बुधवार र बिहिवार शिवशक्ति क्याम्पसमा वि.एड तहमा अध्ययनरत विद्याथीहरुलाई तालिम संम्बन्धि अभिमुखिकरण पश्चात अन्तिममा विज्ञहरुको उपस्थितिमा एक नँया पाठ्यक्रमको निर्माण गरिने कुरा तालिम संयोजक तोलाकान्त न्यौपानेले बताएका थिए ।

अर्का संयोजक युवराज त्रिपाठीले सञ्चालन गरेको उद्घाटन शत्रमा केपिजे विश्वविद्यालय नेदरल्याण्डका प्राध्यापक तथा प्रमुख  बक्ता   दय थिओ हल्सोफ र दिर्की भिजरले आफ्नो नेपाल प्रतिको माया र संस्थागत रुपमा भाईचाराको संवन्धमा स्थापित भइसकेको अवस्थामा अवका दिनमा शिवशक्ति क्याम्पसको समेत आयोजनामा तालिम शुरु हुनु सहकार्यको अर्को आयम शुरु भएको चर्चा गदै आगामी दिनमा अझै राम्रा शिक्षक उत्पादन गर्ने क्याम्पसको उदेश्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । प्रा.भिजरले एन्फोस्र्ड फाउन्डेशन, कर्मफ्लाइटस् पोखरा, थिओला फाउन्डेशन र केपिजे विश्व विद्यालय को मित्रता र सहकार्यको इतिहास र डच पाठ्यक्रम तथा आगामी तालिमको मोडालिटी संवन्धित प्रस्तुतिकरण दिएकी थिइन् । एन्फोस्र्ड फाउन्डेशन कास्की र शिवशक्ति क्याम्पस र आयोजक रहेको तालिममा कर्मफ्लाइटस् फाउन्डेशनले समेत सहआयोजना गरेको बताईएको छ ।

प्रमुख अतिथी एंव नेपालका पाठ्यक्रमका विज्ञ प्रा.डा पराजुलीले आफू संस्थापक क्याम्पस प्रमुख भएको शिवशक्ति क्याम्पसले गर्न लागेको कार्यक्रमले आफूलाई उत्प्रेरणा दिएको बताउँदै त्रिभुवन विश्व विद्यालयको शिक्षा विभाग र पाठ्यक्रमको बारेमा प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा एन्र्फोस्र्ड फाउन्डेशनका अध्यक्ष विश्वराज बास्तोलाले धन्यवाद ज्ञापन गदै केपिजे विश्वविद्यालय र थिओला फाउन्डेशन सँग गत वर्ष देखिको सहकार्य र शिक्षण सिकाईको क्षेत्रमा यसले राम्रा परिवर्तन बारेमा आफ्ना अनुभव सुनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका