Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • स्याङ्जामा छतबाट खसेर ढकालकाे मृत्यु,कास्कीमा राई मृत अवस्थामा फेला

स्याङ्जामा छतबाट खसेर ढकालकाे मृत्यु,कास्कीमा राई मृत अवस्थामा फेला

स्याङ्जामा छतबाट खसेर ढकालकाे मृत्यु,कास्कीमा राई मृत अवस्थामा फेला

पाेखरा, ३ कातिक । अन्दाजी ०९:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-२३ बाम्दी बस्ने वर्ष ७३ को पुर्ण बहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा भेटिएका थिए । राई मृत अवस्थामा भेटिएका छन् भन्ने खबर स्थानिय मार्फत प्रहरीलाइ प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

अन्दाजी ९ बजेको समयमा जिल्ला स्याङ्जा वालिङ नगरपालिका-१० मोदीखोला बस्ने वर्ष ७८ को श्यामलाल ढकाल ऐ.ऐ. बस्ने छोरी गंगा सेनको घरमा आएका थिए  ढकाल गंगा सेनको घरको २ तला माथि छतबाट खसेर घाईते भएका थिए घाईते ढकाललाइ   प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको लागि लगिएकाे थियाे  उपचारकाे क्रममा ढकालकाे ९:३० बजे मृत्यु भएको छ मृत्यु भएको  खबर प्रहरीलाइ  प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि  घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

अन्दाजी ९:१५ बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाँउपालिका-१ गुणादी स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बा १ प १३६५ नंम्बरको पर्यटक बसले पैदलयात्री म्याग्दे गाँउपालिका-२ गुणादी बस्ने वर्ष ६० की मीन कुमारी श्रेष्ठ र निजको छोरी वर्ष २८ की सिता श्रेष्ठलाई ठक्कर दिँदा घाईते भएका छन्। घाईतेलाइ  उपचारको लागी रत्नहरी अस्पताल दमौली पठाईएको छ । दुबै जनाको अवस्था मध्यम रहेकाे छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका