Samacharpati
शुक्रबार, जेष्ठ १६, २०७७
  • होमपेज
  • हितैशी सहकारीको सातौं स्थापना दिवसको अवसरमा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

हितैशी सहकारीको सातौं स्थापना दिवसको अवसरमा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

हितैशी सहकारीको सातौं स्थापना दिवसको अवसरमा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

पोखरा, ३ कार्तिक । पोखरा १६ अर्मलामा रहेको हितैशी वचत तथा ऋण सहकारी संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण  गरेको छ । संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद लामिछानेले जानकारी दिनुभयो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पोशाक वितरण गर्नुभएको थियो । वडाध्यक्ष आचार्यले सहकारीले आर्थिक क्रियाकलापमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्तवपुर्ण भुमिका खेलेको बताउनुभयो ।

सहकारीका अध्यक्ष शेरवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेल, सहकारीका उपाध्यक्ष सुवेदार वुद्घिवहादुर गुरुङ , सचिव विष्णु प्रसाद लामिछाने लगायतले सहकारलिे गरेको कार्यको प्रशंशा गरेका थिए । सोही अवसरमा सहकारीले नेपालीका महत्तवपुर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका