Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • २१ औं पोखरा सडक महोत्सवको संयोजक चयन

२१ औं पोखरा सडक महोत्सवको संयोजक चयन

२१ औं पोखरा सडक महोत्सवको संयोजक चयन

पोखरा, १ कार्तिक ।  २१ औं पोखरा सडक महोत्सवलाई भव्य रुपमा सम्पन्न पार्न मिती २०७६ आश्विन ३० गते वसेको रेवान पोखराको कार्यसमिती सदस्यहरुको वैठकवाट महोत्सव संयोजकमा रेवान पोखराका उपाध्यक्ष श्री लक्ष्मण वराल र सहसंयोजकमा कार्यसमिती
सदस्य नरेश भट्टराई र वसन्त गौतम रेवान पोखराको संरक्षकमा पुर्व अध्यक्ष गणेण वहादुर भट्टराई लाई चयन गरिएको छ। प्राकृतिक सौन्दर्यले भरीपुर्ण यस सुन्दर पर्यटन नगरी पोखरामा रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखरा ले आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातीसंग सम्बन्धित लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु समाग्रीहरुको संरक्षण साथै प्रवद्र्धन र पोखरालाई अंगेजी नया वर्षको गन्तब्य स्थल को रुपमा विकास गर्ने उद्देश्य लिएको छ ।  विगत २० वर्ष देखि प्रत्येक अंग्रेजी नया वर्षको प्रारम्भमा पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा विभिन्न कार्यक्रमका साथ मिति २०७६ पौष १२ देखि १६ गतेसम्म २१ औं “पोखरा सडक महोत्सव” २०१९÷२० आयोजना गर्न गईरहेको छ ।

पोखराको सेरोफेरो, देश तथा विदेशका विविध संस्कृतीको परिचय गराउँदै त्यसको संरक्षणमा उल्लेख्य योगदान पुर्याउने  रेवानको लक्ष्य रहेको छ । यसैलाई मध्यनजर गर्दै पोखरालाई नेपाल सहित विश्व बजारमा थप परिचित बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने उद्धेश्यले रेवान पोखराले पोखरामा आयोजना गर्दै आएको कार्यक्रम पोखरा सडक महोत्सव छुट्टै ब्राण्ड बनिसकेको छ ।  पोखरा सडक महोत्सवले यो स्थान हासिल गर्नमा पोखराका बुद्धिजिवी,समाजसेवि, राजनीतिकर्मी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी, क्लव, आमा समुह, सहयोगी दाता, संचारकर्मी एवं सम्पुर्ण शुभेच्छुकहरुको महत्वपुर्ण भुमिका रहेको छ ।

पोखरामा सडक महोत्सव आयोजना गरिनु अघि अ्रग्रेजी नयाँ बर्ष मनाउनका लागि कैयौं नेपालीहरु विदेशमा जाने प्रचलन थियो भने नेपालमा आकर्षक इभेन्ट नहुदा विदेशी पर्यटकहरु पनि यो समयमा नेपाल आउने गर्दैनथे । तर विगत २० बर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीहरुलाई पनि नयाँ बर्ष पोखरामा मनाउनु पर्छ भन्ने माहोल सृजना भएको छ । नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ वर्ष मनाउन इन्डियाको गुवा जाने गर्थे । यही महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन निकै बढ्दो रुपमा रहेको छ ।

यो महोत्सव पोखराको मुख्य पर्यटकीय स्थल शहिद चोक देखि खहरे– डिहिकोपाटन सम्मको करिब साढे ३ कि.मि. क्षेत्रमा आयोजना गरिदै आएको छ । महोत्सवको अवधिमा पोखराका रेण्टुरेण्ट व्यवसायीहरुले सडकमै विभिन्न खानाका परिकार पस्कने गर्दछन। यस महोत्सवले समग्र पोखराको आर्थिक कृयाकलापलाई टेवा पुर्याउदै आएको हामीले विश्वास लिएका छौं ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका