Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • ”मेरी पुजा” लिएर आउदैछन् ! कौशल र बिशाल

”मेरी पुजा” लिएर आउदैछन् ! कौशल र बिशाल

”मेरी पुजा”  लिएर आउदैछन् ! कौशल र बिशाल

काठमाडौँ, १ कार्तिक । ” यात्रा जिन्दगी” को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो’ मेरी पुजा ‘ ल्याउने भएका छन । संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ एल्बम पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन । मेरी पुजा बोलको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन ।

पप लभ सङ भर्सनको यस गीतको भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़ ) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । शिशिर अर्याल सह-निर्देशक रहेको भिडियोलाई ड्रिम गर्ल चलचित्र बाट नेपाली सिनेमामा डेब्यु गरेकी नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो चाडै नै सार्वजनिक हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका