Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • युवा व्यवसायीहरुको साझा संगठन युनाईटेड कमर्सियल कम्युनिटि गठन

युवा व्यवसायीहरुको साझा संगठन युनाईटेड कमर्सियल कम्युनिटि गठन

युवा व्यवसायीहरुको साझा संगठन युनाईटेड कमर्सियल कम्युनिटि गठन

पोखरा, १ कार्तिक ।  छरिएर व्यवसाय गर्दै आइरहेका युवा व्यवसायीहरु बीच बिचार बिमर्स, जागरुक बनाई नेपालमै दिर्घकालिन रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने उदेश्यले युनाईटेड कमर्सियल कम्युनिटि गठन भएको छ। पोखरामा भएको एक भेलाले पुर्ण श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय तदर्स्थ समिति गठन गरेको हो। जसको उपाध्यक्षमा ओम प्रसाद दाहाल महासचिवमा कृष्ण प्रसाद दाहाल सचिवमा स्नेहा गुरुङ,कोषाध्यक्षमा सञ्जिव पौडेल, सहकोषाध्यक्ष रुवि रञ्जित,सदस्यहरुमा विकास गुरुङ,जयन्ति मोक्तान,बिक्रम बराल,सुर्य भण्डारी,मन ब शाही, चितवन संयोजकमा संगम पौडेल, बुटवल संयोजकमा गणेश क्षेत्री रहेका छन।यसै गरी ४ उप समिति पनि गठन गरेका छन।

कम्युनिटिका अध्यक्ष पुर्ण श्रेष्ठले युवा व्यवसायीहरु बीच निरन्तर बिचार विमर्श र आपसी सहयोग समझदारी गर्नु नै संस्थाको मुख्य उदेश्य रहेको बताएका छन। उनले भने” अहिले व्यवसायी लगानीमा युवा पिडीहरुको आकर्षण बढ्दै गएको छ। बिदेशमा रहेका नेपाली युवाहरु र नेपालमै रहेका युवाहरु पनि आफ्नै देशमै केही गरौ भन्ने छन तर आवश्यक परामर्शको अभावमा र बजार अध्यनको ज्ञान नहुदाँ व्यबसायी दिर्घकालिन रुपमा नगएको समस्या देखा परेको छ। यस्ता समस्याको निवारण नै संस्थाको लक्ष्य हो।”

श्रेष्ठले भने यी सबै कार्यहरु गर्न निरन्तर रुपमा बजारको अपडेट एका अर्का वीच आवश्यक वीचार विमर्श आवश्यक छ।यसैको रुपलाई केन्द्रिकित गर्न चौताराको रुपमा यो संस्थाको विकास भएको हो। हामीले बर्ष दिनमा १०० जना बढी युवा व्यवसायीहरुलाई जोड्दै जाने लक्ष्य पनि बनाएका छौ। संस्थाले युवा व्यबसायीहरु बीच आवश्यक बिचार बिमर्श आदान प्रदान गर्ने, एका अर्का व्यवसायीहरु वीच मित्रता कायम गराउने,आवश्यक परेको खण्डमा सहयोग गर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका