Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • आयो नयाँ हास्य टेलिशृन्खला ‘हास्नु हुन्न है’ जस्ले हेर्नेलाई हसाएरै मुर्छा पार्छ

आयो नयाँ हास्य टेलिशृन्खला ‘हास्नु हुन्न है’ जस्ले हेर्नेलाई हसाएरै मुर्छा पार्छ

आयो नयाँ हास्य टेलिशृन्खला ‘हास्नु हुन्न है’ जस्ले हेर्नेलाई हसाएरै मुर्छा पार्छ

काठमाडौँ, २९ असोज ।  नेपाली हास्य जगतमा नयाँ हसाउने सिरियल हास्नु हुन्न है आएको छ । हास्य टेलिशृन्खला दोबाटे चलिरहेकै बेलामा पुर्बकै दोबाटे टिमले नै तयार पारेको नयाँ हास्य टेलिशृन्खला हास्नु हुन्न है तयार भएको धेरै समय बितिसकेको थियो । बिगत लामो समयसम्म धेरै आशा बोकेर पर्खिएर बसेको यो टिमलाई नेपाल टेलिभिजनमा प्रसारण गर्छौ भन्दै अहिले चलेका विभिन्न मिडिया एजेन्सीहरुले कतै प्रसारण गर्न रोक लगाएका थिए । यति राम्रो यति स्तरीय सिरियल जहाँ पायो त्यहीँ प्रसारण गर्नु हुदैन हामी नेपाल टेलिभिजनमा प्रसारण गर्नेछौ भन्दै आश्वासन देखाएर करिब दुई बर्ष बित्यो । कार्यक्रम तयार भएको दुई बर्ष बितिसक्दा पनि त्यही आस्वासन मात्र आएपछी अन्ततः युटुब मार्फत सार्बजनिक गर्ने निर्णय गर्यो टिमले अनि सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक भएको छ ।

हास्नु हुन्न है सिरियलका भित्री दुख र पीडा सिरियलका लेखक तथा निर्देशक समीर सुवेदी र आइन्द्र लिम्बुले यसरी सुनाए कि सधै विभिन्न सिरियल मार्फत हसाउने मान्छेले हामीलाई भावुक नै बनाए । कुरा धेरै अगाडीको हो दुई अति नै मिल्ने साथी जो दमकको स्थानीय हिमशिखर टेलिभिजनबाट प्रसारण हुने हास्न पाइदैन है र दोबाटेमा अभिनय गर्थे । उनीहरुको अभिनयलाई धेरैले मन पराउथे । उनिहरुले दुई सिरियलमा अभिनय मात्र गर्थे केही पारिश्रमिक पाउदैन थिए । कलाकारितामा यति रहर थियो कि त्यो कुनै सिमा नै थिएन । दोबाटे र हास्न पाइदैन है हरेन्द्र खत्रीले नै निर्देशन गर्थे अनि टेलिभिजन अनि पुर्बकै युटुबमा प्रसारण हुन्थ्यो । हरेन्द्र खत्रीले पुर्बमा धेरै कलाकार उत्पादन गरेका छन ।

समीर सुवेदी र आइन्द्र लिम्बुका गुरु उनै हरेन्द्र खत्री हुन । एकैचोटि दुईबटा सिरियल चलिरहेकै थिए । एकाएक सिरियल बनाउने टिम र सिरियल प्रसारण गर्ने टिममा बिबाद आएपछी विभिन्न समस्या हुन थाल्यो नियमित सुटिङ नै हुन छोडेपछी कलाकार बन्ने सपना बोकेर काठमाडौ छिरेका दुई मिल्ने साथी समीर सुवेदी र आइन्द्र लिम्बुले दुई बर्ष काठमाडौमै बसेर दुख गरे कहि कतैबाट केही सहयोग नमिलेपछि आफैले रिन काडेर दुख गरेर रुदै हसाउने सिरियल बनाए ।

पुर्बकै कलाकारहरु बोलाएर पुरै नयाँ टिम बनाएर सिरियल तयार पारे अनि विभिन्न मिडिया एजेन्सी धाउन थाले तर सबैले आशा मात्र देखाए । कतै प्रसारण पनि गर्न दिएनन करिब दुई अढाई बर्षसम्म झुलाइदिएपछी अहिले आफैले युटुब मार्फत सार्बजनिक गरेका छन । सिरियलमा दोबाटेमा चिबेको भुमिका निभाउने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की आदि कलाकारहरूले अभिनय गरेका छन भने समीर सुवेदी र आइन्द्र लिम्बुले लेखन तथा निर्देशन गरेका छन तल पूरा भिडियो हेर्नुहोस मन छुनेछ हसाएरै भुतुक्क बनाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका