Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरुलाई आँखा खोलेर हेर्न प्रधानमन्त्रीको आग्रह

आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरुलाई आँखा खोलेर हेर्न प्रधानमन्त्रीको आग्रह

आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरुलाई आँखा खोलेर हेर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २९ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेका छन् ।

निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताएका छन् । आँखा बन्द गरेर केही भएन भन्नुभन्दा पहिला र अहिले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्नको लागि  आग्रह गरेका छन् ।

उनले अघि भने, सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ?’ हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’

हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको छ  बाटोघाटोहरु बनेका छन् पुलहरु बनेको छन् कामहरु भैरहेका छन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन् । उनले भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाएर तिव्र विकासको बाटोमा लैजाने समेत  बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका