Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • चिसो पानी सेवन गर्दा के नोक्सान हुन्छ ! स्वास्थ्यमा कस्ता समस्याहरु आउछन् त ! जानौ त्यसको बारेमा

चिसो पानी सेवन गर्दा के नोक्सान हुन्छ ! स्वास्थ्यमा कस्ता समस्याहरु आउछन् त ! जानौ त्यसको बारेमा

चिसो पानी सेवन गर्दा के नोक्सान हुन्छ ! स्वास्थ्यमा कस्ता समस्याहरु आउछन् त ! जानौ त्यसको बारेमा

काठमाडौँ, २९ असोज । विहान-बेलुका चिसो हावा र दिनमा घामको राप पनि प्यारो भएको अनुभव हुन थालेको छ । अब जाडोयाम लागिसकेको छ । मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरु उत्पन्न हुन् थाल्छन् । मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । मौसमको परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ । यस्तो मौसममा रुघा-खोकी र भाइरल ज्वरो जस्ता विभिन्न किसिमका समस्याहरु हुने सम्भावना हुन्छ । यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु स्वास्थ्यका लागि अति नै हानीकारक हुन्छ ।

गर्मी भएको समयमा एक गिलास चिसो पानी पिउने इच्छा र चाहाना सबैमा हुन्छ । गर्मीमा चिसो पानी पिउँदा शरीरको गर्मी कम हुनुको साथै थकान पनि टाढा हुन्छ । तर अब मौसम चिसिन थालेको छ । यो मौसममा तपाईंले चिसो पानी पिउनु भयो भने हानी पुर्‍याउन सक्छ । जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथ-साथै विभिन्न किसिमका स्वास्थ्य समस्याहरु हुन सक्छन् । त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ । जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि हामी सतर्क हुन आवश्यक छ । आज हामी चिसो पानी सेवन गर्दा के-के नोक्सान हुन्छ भन्ने बारेमा जानकारी लिएर आएका छौं :

श्वास-प्रश्वाससम्बन्धी समस्याहरु

यदि तपाईं नियमित रुपले आइस हालेर पानी चिसो बनाएर पिउनु हुन्छ भने तपाईलाई श्वास प्रश्वाससम्बन्धी समस्याहरुको सामना गर्नु पर्ने हुन्छ, जसले तपाईको नाक अवरुद्ध हुन सक्छ । यसबाहेक श्वास प्रश्वाससम्बन्धी विभिन्न समस्याहरु उत्पन्न हुन्छ, जसका कारण तपाईं अस्पताल नै जानु पर्ने पनि हुन सक्छ ।

यस्तो स्थितिमा यदि तपाईंले सुप जस्तो कुनै पनि प्रकारको तातो कुरा सेवन गर्नु भयो भने तपाईंको श्वास मार्ग खुल्छ र तपाईंलाई आराम भएको अनुभव हुन्छ । तर यदि तपाईंले जाडोयाममा पनि तातो कुराको सेवन नगरेर चिसो पदार्थ नै नियमित रुपमा पिउनु हुन्छ भने तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ ।

माइग्रेनबाट हुने पीडा बढाउँछ

यदि तपाईंलाई माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन । वास्तवमा तपाईंलाई यी समस्याहरु छन् भने एक महिनामा एकपटक मात्र पनि चिसो पानी पिउनु भयो भने तपाईंलाई यसले नोक्सान पुर्‍याउन सक्छ । जब तपाईं चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईंको नाक र श्वासमार्ग दुवैलाई अवरुद्ध गरिदिन्छ । जसका कारण माइग्रेनमा हुने पीडा उत्पन्न हुन थाल्छ ।

पोषक तत्वको कामलाई रोक्छ

विशेष गरेर मानव शरीरको तापमान ३७ डिग्री हुन्छ । त्यसैले जब तपाईं यो तापमानभन्दा कम तापमान भएको पानी पिउनु हुन्छ । तपाईंको शरीरलाई यो तापमानलाई नियन्त्रित गर्नको लागि धेरै ऊर्जाको आवश्यकता पर्छ ।

यसबाहेक यदि तपाईं कुनै पनि खानासँग चिसो पानी पिउनु हुन्छ भने तपाईंको शरीर पानीलाई नियन्त्रित गर्ने दिशातिर काम गर्न थाल्छ । जसका कारण तपाईंको शरीरले पोषक तत्वहरुमा काम गर्न सक्दैन । किनभने तपाईंको शरीरले पानीलाई नियमित गर्नको लागि आफ्नो सम्पूर्ण ऊर्जा त्यसमा लगाइदिन्छ ।

मुटुको धड्कन पनि कम गर्छ     

जब तपाईं फ्रिजको चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईको भेगस नर्भ उत्तेजित हुन्छ । जब भेगस नर्भ उत्तेजित र अत्याधिक सक्रिय हुन्छ, तब यसले तपाईंको मुटुको धड्कनलाई तीव्र गतिमा चलाउन थाल्छ, जुन तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका