Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक

फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक

फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, २९ असोज । आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । दोस्रो गीत सार्वजनिक गरिएको छ । पहिलो गीत ‘कुले दाइ’ त्यसपछि टिजर र दोस्रो गीत ‘केहि आधा’ सार्वजनिक गरेपछि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ । सुमीले एक्सनमा प्रसस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ । साथै दुइ लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेरिरहेकाको ध्यान आफ्नो तर्फ खिच्न सफल देखिएका छन् । ट्रेलरमा पुराना कलाकारहरु युवराज लामा , विजय लामा , धिरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिमको ट्रेलर सार्वजनिक गरिएको हो ।

 

ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरको समेत उपस्थिति रहेको थियो । समाजसेवी नेता गणेश लामा , पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा , काठमाण्डू बहिरा संघकी शिला शर्मा , निर्देशक दीपाश्री निरौला , कलाकार जितु नेपाल लगायतले पनि कार्यक्रममा उपस्थित हुँदै फिल्मलाई सफलताको शुभकामना दिए । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् । फिल्ममा आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ ।

सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

विना मगर , मन्त्री स् फिल्मले महिला सशक्तिकरणको विषयलाई उठान गरेकोमा ज्यादै नै खुसि लागेको छ । यसले हाम्रो समाजमा सकारात्मक संदेश प्रवाह गर्छ भन्ने मैले विश्वास लिएकी छु । सरौतोले कसरी समाजका नकारात्मक कुरालाई काट्दै हटाउछ भन्ने जान्नको लागि मैले सुने अनुसार फिल्म हेर्नु पर्छ । हरी हुमागाईं स् मैले डेब्यु फिल्ममा आफ्नो तर्फबाट सकेको मेहनत गरेक छु । धेरैले मलाइ निर्देशनमा किन आएको भन्ने प्रश्न पनि गर्ने गरेका छन् , किनकी मेरो चिनारी छायाँकन हो । तर , टिम वर्क भयो भने आटेको काम पुरा हुन्छ भन्ने उदाहरण मेरो लागि सरौतो हो । हाम्रो टिम वर्कले यतिबेला फिल्म तयार भएको छ ।

हामीले के कस्तो काम गर्यौ त्यो त भोलिका दिनमा मुल्यांकन हुनेनै छ । तर , एउटा प्रयास भने गरेका छौ । फिल्मका लागि सुमी , सन्नी , लियो सबैले उत्तिकै मेहनत गर्नु भएको छ । मेरो पर्दा पछाडीका टिमले झनै मलाइ निर्देशक बनाउन मदत गर्नु भयो । फिल्मले मनोरंजन त दिन्छ नै साथै एउटा संदेश पनि छ । सुमी मोक्तान स् मेरो क्यारेक्टरका लागि चाहिने सबै मेहनत गरेकी छु । मैले सांकेतिक भाषा मात्र होइन फाइट पनि सिके । निकै मेहनत गरेर मैले आफुलाई यो क्यारेक्टरको लागि तयार गरेकी हु । सुरुवाती समयमा मलाइ लागेको थिएन कि म यो गर्न सक्छु भन्ने । तर टिमवर्क मेहनतले गर्दा सफल भएको छ । मेरो क्यारेक्टरले अन्याय सहन हुदैन र न्यायका लागि लड्नु पर्छ भन्ने मान्यता बोकेर अगाडी बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका