Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो, टोनी कक्कर नेपाल आउने

नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो, टोनी कक्कर नेपाल आउने

नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो, टोनी कक्कर नेपाल आउने

काठमाडौँ, २९ असोज । पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केहि समय अगाडी मात्र बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । यसैगरी भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ । यस अगाडी आदित्य नारायण झा प्रस्तुत भईसकेको मंचमा यसपटक टोनीले आफ्नो गीतसंगीत मार्फत दर्शकलाई झुमाउँनेछन् । उनि गत सेप्टेम्बर मै आउने तय थियो तर अन्तिम समयमा प्राविधिक समस्याले गर्दा आउँन पाएनन् । उनि नेपाल न आउँन पाउँदा दुखि रहेको र छिटै नेपाल आउने सामाजिक सञ्जाल मार्फत जनाएका थिए ।

त्यसैले उनले आउँदो २५ तारिख आफ्ना हिट नम्बर मार्फत संगीत प्रेमीलाई नचाउने निधो गरेका हुन् । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो । टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन् , जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

पछिल्ला बर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ । टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ , जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५ सय र ३५ सय मुल्य रहेको छ । तर कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५ सय र ५ हजार राखिएको छ । त्यसैले आयोजकले टिकेट अगाडी नै लिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका