Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • नवलपारसीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु, एक मृतअवस्थामा फेला

नवलपारसीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु, एक मृतअवस्थामा फेला

नवलपारसीमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु, एक मृतअवस्थामा फेला

नवलपारसी, २८ असोज  ।  नवलपरासी गैडाकोट नगरपालिकामा  जनता माध्यामिक विद्यालयमा अध्यानरत एक विद्यार्थीलाई स्कुल बसले ठक्कर दिंदा घाईते भएकी छन् । अंदाजी १०:४० बजेको समयमा जिल्ला नवलपरासी गैडाकोट नगरपालिका-१२ हर्कपुर स्थित रहेको जनता माध्यामिक विद्यालयको ना ५ ख ६०२६ नम्बरको स्कुल बसले उक्त स्कुलको पन मा अध्यानरत विद्यार्थी ऐ स्थान बस्ने वर्ष ५ की शान्ती माया डिसुवा मगरलाई स्कुल कम्पाउन्ड भित्र साईकल बाट झर्ने क्रममा ठक्कर दिंदा घाईते भएकी हुन् । घाईते  मगरलाई उपचारको लागि नयाँ मेडीकल कलेज चितवन पठाईएको  थियो। उनको  उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

जिल्ला नवलपरासी देवचुली नगरपालिका-१६ रजहरचोकस्थित प्रतिक्षालयमा जिल्ला तनहुँ रिसिङ गाँउपालिका-६ बस्ने वर्ष अंन्दाजी ५५ खुम बहादुर बि.क. मृत अवस्थामा भेटीएका छन् । मृत अवस्थामा  व्यक्ति  रहेको  छ भन्ने खबर  स्थानियले प्रहरीलाई जानकारी गराउन साथ तत्कलै प्रहरी निरीक्षक प्रकाश चन्द्र गुप्ताको कमाण्डमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका