Samacharpati
मंगलबार, कार्तिक २६, २०७६
  • होमपेज
  • करदाताहरु पहिलो कर अधिकृत हुन : केशव उप्रेती

करदाताहरु पहिलो कर अधिकृत हुन : केशव उप्रेती

करदाताहरु पहिलो कर अधिकृत हुन : केशव उप्रेती

पोखरा, २८ असोज । पोखरा चेम्बर अफ कमर्स कास्की र आन्तरिक राजश्व कार्यलय पोखराले शनिबार आर्थिक वर्ष २०७६÷०७७को बजेटले करमा भएका परिवर्तन तथा कर शिक्षा कार्यक्रम कार्यक्रम गरेका छन । कास्कीका १२ वस्तुगत संघको सहकार्यमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले गण्डकी प्रदेशले आफ्नो प्रदेशलाई चलाउन पुग्ने राजश्व संकलन गर्न नसकको बताएका छन् । गण्डकी प्रदेशको राजश्वको योगदान १२ अर्ब २३ करोड रहेको जानकारी दिदै कार्यालय प्रमुख उप्रेतीले अझै पनि प्रदेशमा नेपाल सरकारको ३५ अर्ब बराबरको अनुदान आएको उल्लेख गरेका छन् ।

उप्रेतीले सरकारको तिन खम्बे अर्थ नीति अन्तर्गत निजी क्षेत्र पनि एक अंग भएकोले निजी क्षेत्र पनि नीति निर्माता भएको दावी गरेका छन् । ‘नेपालमा स्वयमले कर निर्धारण प्रणाली छ,’उनले भने, ‘त्यसैले करदाताहरु पहिलो कर अधिकृत हुन ।’ नेपालको कर प्रशासन करदातामैत्री भएको दावी गर्दै उनले नेपालको कर प्रणाली प्रगतिशिल रहेको उल्लेख गरे । उनले नेपालमा करको दर दक्षिण एशियमै कम भएको दावी समेत गरे । राज्य चलाउन जनताले अनिवार्य कर तिर्न पर्ने उल्लेख गर्दै उनले जसले आम्दानी गर्छ उसैले कर तिर्न पर्ने धारणा राखेका छन् । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले कर प्रणाली प्राविधिक र जटिल विषय भएको बताए । सरकार करको दर भन्दा दायरा बढाउन नलागेको उल्लेख गर्दै अधिकारीले कर तिर्नेलाई थप थप व्ययभार लगाउन नहुने धारणा राखे । उनले प्रदेशको सदरमुकाममा केन्द्रीत कर कार्यालयलाई विकेन्द्रीकरण गर्नु पर्ने बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कमर्शका महासचिव उमराज बास्तोला, सल्लाहाकार माइकल कर्माचार्य, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले व्यवसायीलाई परेको करको बारेमा वोलेका थिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उज्वल न्यौपानेले बजेटले करमा गरेको परिवर्तनको बारेमा सहजीकरण गरेका थिए । समारोहमा क्वालिटी मल्टी टेनिङ सेन्टरका कृष्णराज पोखरेल र नारायण उपाध्यायले बिजनेस मोटीभेसन बारेमा सहजीकरण गरेका अध्यक्ष किसान सुनारले जानकारी दिएका थिए ।

समाधान संवाददाता

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका