Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • नवलपरासीमा जुवा खेलिरहेको अवस्थामा रकमसहित ५ जना पक्राउ

नवलपरासीमा जुवा खेलिरहेको अवस्थामा रकमसहित ५ जना पक्राउ

नवलपरासीमा जुवा खेलिरहेको अवस्थामा रकमसहित ५ जना पक्राउ

नवलपरासी, २७ असोज । राती अंन्दाजी ०१:३० बजेको समयमा कावासोती नगरपालिका-१५ स्थित सोलाटारी होटलमा अवैध कौडा खेल भएको छ  भन्ने सूचना प्राप्त भएको थियो उक्त सूचना प्राप्त हुन् साथ प्रहरी निरीक्षक राजन ढकालको कमाण्डमा १५ जानको टोली खटिएर कौडा खेलिरहेको अवस्थामा ५ जनालाई नगद सामाग्री सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला नवलपरासी  कावासोती नगरपालिका-१४ बस्ने वर्ष ४२को मदन श्रेष्ठ, ऐ.१५ वस्ने वर्ष २७ को युवराज महतो, ऐ १४ वस्ने वर्ष ४५ का मोतीराम महतो, ऐ ३ वस्ने वर्ष ४० का प्रेम वहादुर थापा, ऐ.९ वस्ने वर्ष ४४ का भोजराज गिरी रहेका छन् । निजहरुको साथबाट प्रहरीले कौडा ०७ थान, कौडा खेल्न प्रयोग भएको काठको बोर्ड १ थान, कम्बल १ थान र नगद रु ६७,१९५ ( सरसट्ठी हजार एक सय पन्चानब्वे) बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर थप अनुसनधान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका