Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • कास्कीमा कौडा सहित १५ जना नियन्त्रणमा

कास्कीमा कौडा सहित १५ जना नियन्त्रणमा

कास्कीमा कौडा सहित १५ जना  नियन्त्रणमा

पोखरा, २७ असोज ।  अंन्दाजी १०:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-१८ चालिसे डाँडा स्थित रहेको रेष्टुरेन्टमा अवैध रुपमा कौडा खेलि रहेको  अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । अवैध रुपमा कौडा खेलि रहेको  छन  भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक नरहरी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले कौडा खेलिरहेकै अवस्थामा ३२ थान कौडा, नगद रु ६,१०,०००। (छ लाख दश हजार) सहित १५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने निम्न मानिसहरु रहेका छन् ।

१. जि.कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने वर्ष ४४ को खिमलाल पहारी
२.ऐ.ऐ.बस्ने वर्ष ६० को विर बहादुर लामीछाने
३.ऐ.ऐ.बस्ने वर्ष ४६ को चिन बहादुर भट्टराई
४. ऐ.ऐ.बस्ने वर्ष ५४ को शक्ति पराजुली
५. ऐ.ऐ.बस्ने वर्ष ३५ को सनोज पहारी
६. ऐ.ऐ.बस्ने वर्ष ४५ को केदार थापा
७. ऐ.ऐ.बस्ने वर्ष ३८ को लक्ष्मण कुँवर
८. ऐ.ऐ.बस्ने वर्ष ३३ को लक्ष्मण पहारी
९. ऐ.ऐ.बस्ने वर्ष ५१ को कविराज पराजुली
१०. ऐ.ऐ.बस्ने वर्ष ४८ को ईश्वर श्रेष्ठ
११. ऐ.ऐ.बस्ने बस्ने वर्ष ५८ राम बहादुर थापा
१२. ऐ.१८ सराङकोट बस्ने वर्ष ४६ को महेन्द्र बहादुर थापा
१३. ऐ. १८ भकुण्डे बस्ने वर्ष ५१ को धुब्र बहादुर थापा
जिल्ला कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने वर्ष ४३ को पुर्ण तिमल्सिना जिल्ला कास्की पोखरा महानगरपालिका-६ खहरे बस्ने वर्ष ४० को बिमल देवकोटा भाग्ने क्रममा बाटोमा लडि घाइते भएका छन् । उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको छ । साथै उनिहरुलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी समेत घाईते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका