Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कास्की र तनहुँमा सवारी दुर्घटनामा परि तीन जना घाईते

कास्की र तनहुँमा सवारी दुर्घटनामा परि तीन जना घाईते

कास्की र तनहुँमा सवारी दुर्घटनामा परि तीन जना घाईते

पोखरा, २७ असोज । जिल्ला कास्की पोखरा महानगरपालिका-५ मालेपाटन स्थित ग ६ प १३३४ नं.को मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने बर्ष ५५ की चिज कुमारी गुरुङ र ग ६ प १३३४ नं.को मोटरसाइकलमा पछाडी सवार जिल्ला कास्की पोखरा महानगरपालिका-५ जिरो कि.मि. बस्ने वर्ष ४२ की सारदा आचार्य घाईते भएका छन्  ।  घाईतेलाई  उपचारको लागि गण्डकी अस्पतालमा पठाईएको छ । दुवै जनाको अवस्था मध्यम रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-१० मान्द्रे स्थित भित्री सडक खण्डमा साँखेबाट दुलेगौँडा तर्फ आउदै गरेको ON TEST जिपमा सवार जिल्ला नवलपरासी बहुटारी नगरपालिका १३ बस्ने वर्ष १७ को अमृत बि.क. सोही जिपबाट खस्न जादाँ घाइते भएका छन् घाइतेलाई उपचाराको लागि तनहुँ सेवा अस्पताल पठाईएको थियो । थप उपचारको लागि घाइतेलाई मणीपाल अस्पताल पोखरा रिफर गरेको छ  घाईतेको अवस्था मध्यम रहेको छ  सवारी साधन र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका